बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले कम्बोडियामा प्रधानमन्त्री केपी शर्माको लगानी भए नभएको विषयमा छानबिन गरिनुपर्ने बताएका छन ।
"आरोप लागेकालाई छानबिन गर्नुपर्छ, आरोप लगाउनेलाई थुनेर मात्र हुँदैन ।" शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भने, "प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानविन हुनुपर्छ । माओवादीका नेतामाथि पनि त्यस्तो आरोप लाग्छ भने हामी अनुसन्धान र कार्वाही गर्न सहयोग गर्छौँ ।"
माओवादी केन्द्रले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार बिरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिँदै उनले भने - ''एमाले कांग्रेसको यही रबैया रहे हिउँदमा सडक आन्दोलन गर्नुपर्ने हुन्छ । त्यसैबाट एमाले काङ्ग्रेसका भ्रष्टाचारीलाई बढारिन्छ ।"
माओवादी केन्द्र बुटवल उपमहानगर वडा न ११ को सातौं अधिबेशनलाई शनिबार सम्बोधन गर्दै उनले भने - "माओवादी केन्द्र सुशासन र जनताको हितमा काम गर्ने एक मात्र पार्टी हो । माओवादी केन्द्र नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्दा एमाले काङ्ग्रेस आतंकित बन्यो ।"
सुशासन कायम गर्दा ठगी खान पल्केकाहरु थर्कमान भएको र माओवादी केन्द्र नेतृत्वको सरकारले न्याय र सुशासन स्थापित गर्न खोजेकाले नै एमाले काङ्ग्रेस सरकार गिराएको उनको भनाइ छ ।
"ठुलाले जे गरे पनि हुन्छ कानुन मानेपनि हुन्छ नमाने पनि हुन्छ भन्ने भन्ने भास्यलाई अन्त्य गरियो ।" उनले भने -"ठुलालाई चैन सानालाई ऎन भन्ने नेपाली उखान अब रहेन ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology