Logo

२०८३, आश्विन १०गते


images
images

फागुन १२ गतेदेखि पोखरामा ‘नेपाल इन्डिया चाइना एक्स्पाे’ हुने

फागुन १२ गतेदेखि पोखरामा ‘नेपाल इन्डिया चाइना एक्स्पाे’ हुने

images
  • फागुन १२ गतेदेखि पोखरामा ‘नेपाल इन्डिया चाइना एक्स्पाे’ हुने
    images
    images

    पोखरा। पोखरामा ऐतिहासिक पर्यटन मेला लाग्ने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा ‘नेपाल इन्डिया चाइना एक्सपो २०२५’ आयोजना हुने भएको हो ।

    images
    images
    images

    २०२५ फेब्रुअरी २४ देखि २६ अर्थात फागुन १२ गतेदेखि १४ गते सम्म सो एक्सपो आयोजना हुन लागेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य तथा संयोजक सुनिल बहादुर भट्टराईले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    images
    images
    images

    ‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने यस पर्यटन मेलाले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रुपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहान, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरुका लागि आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    दुई ठुला अर्थतन्त्र तथा पर्यटनको स्रोत बजार भारत र चीनसँगको पर्यटन सम्भाव्यता र एकीकृत व्यवसायिक अवसरहरुको प्रवद्र्धन गर्नु एक्सोको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ । साथै यस एक्स्पोले पोखरा घुम्नै पर्ने प्रमुखको रुपमा परिचित गराउने उद्येश्य राखेको छ । एक्स्पोको आयोजना गर्नका लागि ४ करोड खर्च लाग्ने आयोजकले बताएको छ ।

    पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरामा भएका अहिलेसम्मका कार्यक्रम मध्य पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण कार्यक्रम रहेको बताए । पोखरा सबैका लागि सधैं सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको बताउँदै यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आचार्यले जोड दिए ।

    नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीले ट्राभल मार्ट झट्ट हेर्दा मेला जस्तो देखिएपनि यसले दीर्घकालीन महत्व राख्ने बताए । पर्यटन पूर्वाधार राम्रो नभएपनि सुधारको बाटोमा रहेको जोशीले बताए । नाइसले पोखराको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने उनले अपेक्षा प्रकट गरे ।

    कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र महासचिव जीवनराज सापकोटा लगायतले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

    एक्स्पोमा १०० बढी क्रेताहरु, ८० भन्दा बढी बिक्रेताहरु, चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १ हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

    एक्स्पो आयोजनाका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहकार्य रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एक्सपो २०२५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।