Logo

२०८३, कार्तिक २६गते


images
images

उत्तरी गोरखाको गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुग्यो, चालकलाई भव्य सम्मान

उत्तरी गोरखाको गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुग्यो, चालकलाई भव्य सम्मान

images
  • उत्तरी गोरखाको गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुग्यो, चालकलाई भव्य सम्मान
    images

    राजेश पराजुली, पोखरा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ स्थित गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयबासी खुसी भएका छन् ।

    images
    images
    images

    भौतिक विकासमा पिछडिएका गुम्दामा ग २ ख १४९७ नम्वरको यात्रुवाहक बस पुग्दा स्थानीयबासीले बाजा गाजासहित भव्य स्वागत गरेका हुन् । कच्ची सडकमा बस ल्याएर सेवा दिएको भन्दै बस चालक गोपाल श्रेष्ठलाई स्थानीयबासीले फूलमालासहित स्वागत गरेका छन् ।

    images
    images
    images

    यसभन्दाअघि महँगो भाडा तिरेर जिपमा यात्रा गर्नु पर्ने वाध्यता भए पनि उक्त क्षेत्रमा पहिलो पटक यात्रुबस पुग्दा गाउँमा खुसीयाली आएको वडाध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए ।

    images
    images

    उनले अवदेखि गुम्दा–काठमाडौं नियमित बस सेवा संचालन हुने प्रतिवद्धता व्यक्त गरे । दशै अघिदेखि बस ल्याउन पहल गरेको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उत्तरी गोरखा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।