Logo

२०८३, कार्तिक २७गते


images
images

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु

भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु

images
  • भक्तपुरको गठ्ठाघरमा दुर्घटना, एकजनाको मृत्यु
    images

    भक्तपुर । भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको दुर्घटनामा भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीकी नवीना द्यौलाको मृत्यु भएको हो । घाइते हुनेमा उनका श्रीमान् जिते द्यौला छन् ।

    images
    images
    images

    भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको ट्रकले बिहान सोही दिशातर्फ गइरहेको बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर ठक्कर दिएको थियो ।

    images
    images

    ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते नवीनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते जिते द्यौलाको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

    ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।