राजेश पराजुली, पोखरा । अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा धुमधामका साथ मनाएका छन । आज भन्दा २५ बर्ष अघि पोखरामा घुमघाममा आएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएसंगै पटक पटक नेपाल आउने उनीहरुले आज बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ नेपाली परम्परा अनुसार पोखरामा धुमधामका साथ मनाएको हो ।
पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट(म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा उनकी श्रीमती मार्टिन दुलाहीको भेषमा सजिएको थिए ।
अष्ट्रेलियन सहित विदेशी पर्यटक २५ जनासंगै ल्याएका म्याटको जोडीले आज पोखरामा अनौठो ढंगले नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी आफ्नो बिबाहको २५ औं बर्षगाँठ मनाएको पोखराका होटल व्यवसायी शेखर पंगेनीले बताए । यस बर्षको भाईटिका पर्व समेत पोखरामा मनाएको म्याड जोडीले नेपाली परम्परा निकै मन पर्ने र पोखरा सहित हिमश्रृखलाको दृश्यले गर्दा कम्तिमा १० पटक नेपाल आएको म्याटले बताए ।
मार्लिनले २५ बर्ष अघि पोखराको टप्स माविमा करिब ६ महिना स्वयम सेवकको रुपमा काम गरेका बिद्यालयका संस्थापक रत्नमान गुरुङले बताए । उनीहरु पोखरा आउने क्रममा दोश्रो पटक पोखरा आउदा हवाई जहाजमा प्रेम सम्बन्ध अघि बढेको थियो । उनीहरुको हाल १ जना छोरी समेत साथै पोखरा आएका थिए ।
यस्तो कार्यक्रममा नेपाली कला संस्कृति सहित पर्यटनको प्रबद्र्धन हुने युवा व्यवसायी पंगेनीले जनाए । एक बर्ष अघि मोहन पंगनीको बिबाहको निम्तो मान्न पोखरा आएको जोडीले नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी २५ औं बैबाहिक जीवनको बर्षगाँठ मनाउने निधो गरेको थियो । उक्त कार्यक्रममा राजबहादुर गुरु ले मार्टिन जोडीसंग अंकमाल गर्दै विगतलाई स्मरण गरे । मार्टिन उनको घरमा नेपाल आउदा करिब ४ महिना बिताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology