Logo

२०८३, कार्तिक २७गते


images
images

पोखराकाे दिगो पर्यटन विकासमा सहकार्य गर्न स्विस कन्ट्याक्ट तयार

पोखराकाे दिगो पर्यटन विकासमा सहकार्य गर्न स्विस कन्ट्याक्ट तयार

images
  • पोखराकाे दिगो पर्यटन विकासमा सहकार्य गर्न स्विस कन्ट्याक्ट तयार
    images

    राजेश पराजुली, पोखरा । विकासशील र उदीयमान देशमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको स्विस कन्ट्याक्टले पोखराको दिगो पर्यटन विकासका आयोजनामा सहकार्यका लागि तयार रहेको बताएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा स्विस कन्ट्याक्टका कन्ट्री डिरेक्टर सञ्जय कार्की नेतृत्वको टोलीले यस्तो प्रतिबद्धता जनाएको हो ।

    images
    images
    images

    मेयर आचार्यसँगको भेटमा कन्ट्री डिरेक्टर सञ्जय कार्की, तापेश न्यौपाने, क्रिस्टियन पालमर र सिपी तिम्सिना सहभागी थिए ।

    images
    images

    उनीहरूले पर्यटन राजधानी पोखराको दिगो पर्यटन विकासका लागि पर्यटन पूर्वाधार विकास, पर्यटन संस्कृतिको विकास र जीविकोपार्जन सुधारका लागि मानव संशाधनको विकास लगायत विभिन्न क्षेत्रमा पोखरा महानगरसँग सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारे ।

    सो अवसरमा नगरप्रमुख आचार्यले समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढिरहेको बताए । उनले पर्यटनमैत्री विकासका लागि लगानीका सम्भावना कायमै रहेको स्पष्ट पारे ।

    उनले स्थानीय रूपमा सहजीकरण गर्न पोखरा महानगरपालिका तयार रहको भन्दै पोखराको पर्यटन विकास, प्रवर्द्धन र संरक्षणका सम्बन्धमा लगानीका ढोका खुला रहेको बताए ।

    पोखरामा दिगो पर्यटन विकासका साझेदारसँगको सहकार्यमा विभिन्न परियोजना सञ्चालनको क्रममा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिगो पर्यटन विकास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।