Logo

२०८३, कार्तिक २७गते


images
images

देशको अर्थतन्त्र दलालको कब्जामा पुग्यो : पुर्व अर्थमन्त्री पुन

देशको अर्थतन्त्र दलालको कब्जामा पुग्यो : पुर्व अर्थमन्त्री पुन

images
  • देशको अर्थतन्त्र दलालको कब्जामा पुग्यो : पुर्व अर्थमन्त्री पुन
    फाइल फोटो
    images

    काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढाल्ने स्वार्थ समूहले नै अहिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको प्रतिक्रिया दिएका छन्।

    images
    images
    images

    सोमबारको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेपछि प्रतिक्रिया दिँदै नेता पुनले सरकार स्वार्थ समूहले नै चलाएको भन्ने कुरा पुष्टि भएको बताए।

    images
    images
    images

    उनले भने,’सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको छ। हामीले भन्दै आएको सरकार स्वार्थ समूहले चलाएको छ भन्ने कुरा पुष्टि हुन अब कुनै प्रमाण खोजिरहनु परेन।’

    images
    images

    भोलिका दिनमा यही समूहले गभर्नर पनि नियुक्त गर्ने उनले जिकिर गरे। उनले भने, ‘यही समूहले भोलि गभर्नर पनि नियुक्त गर्छ। स्वार्थ समूहले गभर्नर पनि तयार गरिसकेको छ। अर्थतन्त्र, सेयर बजार सबै कब्जा गर्ने डिजाइन छ। हामीले भन्दै आएको दलाल पुँजीवाद यही हो।’

    आफ्नो पार्टीको सरकार हुँदा धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषयमा एमालेसँग कुरा नमिलेको उनले बताए। उनले भने,’ओलीजी र हाम्रोबीचमा सँगै सरकारमा हुँदा नमिलेको कुरामध्ये यो पनि प्रमुख हो। हाम्रो स्वार्थ नमिल्दा सरकार ढलेको हो कि भन्ने थियो। जनताले बुझ्ने तहमै छर्लङ्ग भएको छ। हामीले भन्दा सरकारबाट हट्दाको पीडा बोलेको भन्नेहरु पनि थिए। अब हामीले भन्नै परेन। उहाँहरुले आफैंले पुष्टि गरिदिनुभयो।’

    अब धितोपत्र बोर्डसँगै राष्ट्र बैंकजस्ता नियामक निकाय बिचौलियाको कब्जामा जाने उनले जिकिर गरे। उनले भने, ‘बिचौलियाहरुको चलखेल यत्तिमा मात्र रोकिँदैन। धितोपत्र बोर्ड, राष्ट्रबैंक, बीमाजस्ता नियामक निकाय अब बिचौलयाको हातमा जान्छ। देशको सिंगो अर्थतन्त्र नै बिचौलियालाई सुम्पने यो हर्कत निन्दीनय छ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुर्व अर्थमन्त्री पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।