Logo

२०८३, आश्विन १०गते


images
images

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

images
  • बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै
    फाइल फोटो
    images
    images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ।

    images
    images
    images

    सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो।

    images
    images
    images

    उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे ८ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।

    images
    images
    images

    कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

    काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि उनको बयान लिइनेछ।

    बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।