जेदाह । भारतका विकेटकिपर ब्याटर रिशव पन्तले आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडीको रेकर्ड बनाएका छन्।
आइपिएल २०२५ का लागि आइतबारबाट सुरु भएको मेघा अक्सनमा रिशवलाई लखनउ सुपर जायन्टले २७ करोड भारूमा टोलीमा आबद्ध गरेको हो।
उनलाई भित्र्याउन सुरुदेखि नै रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा चलेको थियो। पछि बेंग्लोर पछि हट्दा लखनउ र सनराइजर्स हैदरावादबीच भिडन्त भयो। जसमा लखनउले २७ करोडको बोली लगाएर हैदरावादलाई पछि पारेको थियो।
त्यसको केहीबेरअघि कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भए।
उनलाई पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारूमा टोलीमा भित्र्याएको थियो।
यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology