Logo

२०८३, कार्तिक २७गते


images
images

बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु, दुई घाइते

बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु, दुई घाइते

images
  • बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु, दुई घाइते
    प्रतीकात्मक तस्बिर
    images

    धनगढी । बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    images
    images
    images

    आइतबार हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको हो।

    images
    images
    images

    सोही ठाउँका अन्दाजी ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ र अन्दाजी ४८ वर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० वर्षका पर्मलाल सुना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    images
    images

    युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए। उनका अनुसार घाइतेहरुलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल ल्याउन लागिएको छ।

    प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको पहल भए पनि आज साँझ परिसकेकाले अब भोली मात्रै आउने भएको छ।

    बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।