लघुकथा: बा र म
आज बाको मुख हेर्ने दिन। धेरै वर्षदेखि म बाबाको मुख खालीहात हेर्दैथिए। हामी सन्तुष्ट थियौँ ।
न त बाले मलाई उपहार नदिएकोमा गुनासो गर्नुहुन्थ्यो। म पनि मुख सम्म हेर्न पाएकोमा खुसी थिए ।
यसपाली बालाई राम्रै उपहारको बेबस्था गरे।
बा भने मेरो उपहार संग अनविज्ञ हुनुहुन्थियो।
मुख हेर्ने दिनकै लागि उपहार सस्पेन्स राखें।
बिहानै विदेशबाट फोन गर्दा ,"उपहार लिएर साथी घरमा पुगिसकेको थियो। फोन गर्दा बाले मेरो उपहार र आफ्नो अनुहार देखाउनु भयाे। धेरैबेर हाँस्यौ , बोल्यौ। अनि भन्नुभयाे - "अर्को वर्ष जसरी पनि घर आउनु पर्छ हैं।" मैले हुन्छ बा! भनेको थिएँ।
तर अहिले म घरमै भएपनि फोटोमै बाबाको मुख हेर्ने दिन मनाउँछु। किनकी म विदेश छोडीसकेको छू भने बाबाले संसार ।
- नारायण कोइराला, तानसेन पाल्पा
हाल: यूएई
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology