धनगढी । कञ्चनपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट नेता तथा विद्यार्थी बोकेको बस दुर्घटनामा हुँदा २९ जना घाइते भएका छन्।
शुक्लाफाँटा नगरपालिका–११ को वनहरा पुल नजिकै ना४ ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा २९ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए।
दुर्घटनामा परेको बस धनगढीबाट नेपाल कम्युनिस्ट पार्टीको प्रर्दशनमा सहभागी भएर फर्किरहेका विद्यार्थी र नेता बोकेको रहेको छ।
घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ। नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटीले धनगढीमा आज भ्रष्टाचार र रोजगारीका लागि भन्दै जनमार्च गरेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology