देवदह । कम्युनिष्ट नेता स्व. रामप्रसाद बन्जाडे 'टंकमणि' को स्मृतिमा बुटवलमा खाद्यान्न वितरण गरिएको छ । शनिबार सहिद स्मृति प्रतिष्ठान बुटवलले प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका बन्जाडेको तेस्रो स्मृति दिवसमा खाद्यान्न वितरण गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं १३ स्थित लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रममा प्रतिष्ठानले खाद्यान्न वितरण गरेको प्रतिष्ठानका सचिव दामोदर घिमिरेले जानकारी दिए । प्रतिष्ठानले चामल, दाल, तेल, तरकारी लगायतका सामग्री वितरण गरिएको जनाइएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै संविधान सभा सदस्य सोनिया यादव, माओवादी नेता यज्ञ पोखरेल लगायतले कम्युनिष्ट आन्दोलनमा स्व. बन्जाडेको योगदानको चर्चा गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरि घिमिरेसहित स्व. बन्जाडेका परिवारजन लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology