Logo

२०८३, आश्विन ११गते


images
images

हजार गुम्बा विहारको उद्घाटन, पूर्व राजा ज्ञानेन्द्र शाहले गरे पुजा

हजार गुम्बा विहारको उद्घाटन, पूर्व राजा ज्ञानेन्द्र शाहले गरे पुजा

images
  • हजार गुम्बा विहारको उद्घाटन, पूर्व राजा ज्ञानेन्द्र शाहले गरे पुजा
    images
    images

    लुम्बिनी । लुम्बिनी स्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर ) को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहका विच उद्घाटन गरिएको हो । 

    images
    images
    images

    बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले गुम्बाको औपचारीक उद्घाटन गरेका हुन् । 

    images
    images
    images

    उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश ता विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए । 

    images
    images
    images

    उनले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गरे । यस्तै उद्घाटन कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा ण्खेन्पो छिमे) ले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताए । उनले परमपुज्य गुरु निमा रिन्पोछेंले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । ‘यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिन्पोछें र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान गर्नेछ' उनले भने । 

     

    यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पुर्याउने बताए । 

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । 

    विहार उद्घाटन अघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह« स्थविरको स्तुती एव्म पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिए । विश्व शान्तिको कामना, विश्व प्राणी जगतको कल्याणको कामना सहित छोकी निमा रिन्पोछेबाट सहस्र बुद्धहरुको अभिषेक एव प्रवचन गरेका थिए । 

    महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    विहारको उदघाटन लगत्तैको पुजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विहार उद्घाटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।