Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह

पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह

images
  • पोखरामा नियमीत अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीको प्रधानमन्त्रीलाई आग्रह
    images

    राजेश पराजुली, पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई गण्डकी प्रदेश सरकारका मन्त्री र पोखराका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीलाई प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल सहितको टोलीले नियमीत उडानको लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

    images
    images
    images

    मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटन वृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिँदै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे ।

    images
    images

    प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने बताए । उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने पनि बताए ।

    भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य लगायत सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।