Logo

२०८३, कार्तिक २७गते


images
images

तीन महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेसनले १/१ लाख दिने

तीन महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेसनले १/१ लाख दिने

images
  • तीन महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेसनले १/१ लाख दिने
    images

    राजेश पराजुली, पोखरा । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित सम्मान गर्ने भएको छ ।

    images
    images
    images

    युएईमा भएको यू १९ टि २० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए।

    images
    images
    images

    स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी, कुसुम गोदारलाई साथै स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लाई पनि सम्मान गरिनेछ ।

    images
    images

    फाउन्डेसनले स्थापना दिवसको अवसरमा यहि मंसिर ५ गते उक्त सम्मान कार्यक्रम गर्ने भएको हो।

    फाउन्डेसनले सोही दिन कालिका बहुमुखी क्याम्पस भिरकोट ७ बलमाटामा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोग र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको सहकार्यमा खुला रक्तदान सहितको विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर सन्चालन गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खुमा अर्याल फाउण्डेसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।