जनकपुर । जनकपुर बोल्ट्सले नेपाली यु १९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई फेस अफ द बोल्ट्स नियुक्त गरेको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले सोमवार पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो । पुजाको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।
एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कुनकुन खेलाडी रहेका छन् जनकपुर बोल्ट्सको टोलीमा
आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र सोयब मक्सद ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology