Logo

२०८३, कार्तिक २५गते


images
images

खेलबाट राष्ट्रको विकास गर्नुपर्छ : सभामुख घिमिरे

खेलबाट राष्ट्रको विकास गर्नुपर्छ : सभामुख घिमिरे

images
  • खेलबाट राष्ट्रको विकास गर्नुपर्छ : सभामुख घिमिरे
    images

    काठमाडौँ । सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्नेगरी अघि बढ्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताए । उनले खेललाई राज्यले दिनुपर्ने जति महत्त्व दिन नसकेको गुनासो समेत गरे । उनले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरू रहेको बताए । राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरूलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको बताए । नेपालले केही समय यता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हाँसिला गरिरहेको बताए ।

    images
    images

    उनले भने ‘खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ । खेललाई राज्यले जति महत्त्व दिनुपर्दथ्यो । सायद पुगिरहेको छैन । तर राज्य भनेको हामी सबै मिलेरै हुन्छ । आज खास गरी झापा क्षेत्र नम्बर १ का माननीय विश्वप्रकाश शर्मा लगायतको सक्रियतामा आज यो कार्यक्रम भइरहेको छ । हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौँ भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ र राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरूलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिन्छ । नेपाल केही समय यता खेलकुदमा राम्रो प्रगति गर्दै आएको छ । त्यसमा पनि क्रिकेटमा विश्वस्तरमा हामी प्रवेश गरिरहेका छौँ । महिलाहरूको फुटबलमा साफ स्तरमा फाइनल पुगेका थियौँ । हाम्रो खेलकुदमा भविष्य सुन्दर छ, त्यसको लागि सबैले ध्यान दिनुपर्छ । खेलबाट राष्ट्रलाई अघि बढाउने गरी हामी अघि बढ्नुपर्छ ।’

    सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख घिमिरे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।