Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा रास्वपा ७ जना कार्यकर्ता पक्राउ

पोखरामा रास्वपा ७ जना कार्यकर्ता पक्राउ

images
  • पोखरामा रास्वपा ७ जना कार्यकर्ता पक्राउ
    साङ्केतिक तस्बिर
    images

    राजेश पराजुली पोखरा । पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय कास्की लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन्।

    images
    images
    images

    रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्। निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

    images
    images
    images

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो‍ ।

    images
    images

    मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पुर्‍याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि लगिएको थियो। लामिछानेसँग बयान लिएर पोखरा ल्याइएको छ। सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

    पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र त्यो पछि गोर्खा मिडियाकै नाममा मिलान गराइएको प्रतिवेदनमा छ। सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्यकर्ता पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।