Logo

२०८३, कार्तिक २७गते


images
images

दार्चुला दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

दार्चुला दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जनाको सनाखत

images
  • दार्चुला दुर्घटना : मृतकको संख्या ७ पुग्यो, ६ जनाको सनाखत
    images

    दार्चुला । दार्चुलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृतकहरुमध्ये ६ जनाको सनाखत पनि भएको छ ।

    images
    images
    images

    शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप आज बिहान करिब चार बजेतिर दुर्घटना भएको थियो ।

    images
    images
    images

    दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारत उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । अर्का एक मृतकको भने सनाखत हुन बाँकी छ ।

    images
    images

    प्रहरीका अनुसार दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

    मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ फर्किरहेका दर्शनार्थी सवार जिप दुर्घटनामा परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दार्चुला दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।