Logo

२०८३, श्रावण २७गते


images
images

४० वर्ष अध्यापन गरेका शिक्षक दुधनाथ कुँवरले लिए अवकाश, सिक्टहन माविले गर्यो विदाई

४० वर्ष अध्यापन गरेका शिक्षक दुधनाथ कुँवरले लिए अवकाश, सिक्टहन माविले गर्यो विदाई

images
  • ४० वर्ष अध्यापन गरेका शिक्षक दुधनाथ कुँवरले लिए अवकाश, सिक्टहन माविले गर्यो विदाई
    images
    images

    देवदह । रुपन्देहीको देवदह-१२, ढोलबजवामा अवस्थित सिक्टहन माध्यमिक विद्यालयमा ४० वर्षदेखि अध्यापनरत शिक्षकलाई विदाई गरिएको छ । लामो समय विद्यालयको प्रधानाध्यापकसमेत रहेर काम गरेका शिक्षक दुधनाथ कुँवरले अवकाश लिएपछि बुधबार एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो ।

    images
    images
    images

    २०४१ साल मङ्सिर १ गते अस्थायी शिक्षकको रुपमा सिक्टहन मावि प्रवेश गरेका शिक्षक कुँवरले २०४५ साल माघ २७ गते स्थायी भएर निरन्तर ४० वर्षसम्म  अध्यापन गरे । 

    images
    images
    images

    विदाई कार्यक्रममा भावुक हुँदै शिक्षक कुँवरले आफुलाई विद्यालय र विद्यार्थीको मायाले बाधिरहने बताए । विद्यालयबाट आफुले कागजी रुपमा मात्र अवकाश प्राप्त गरेको उल्लेख गर्दै उनले आफु हरेकपल विद्यालयको काममा खट्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    विद्यालयबाट विदाई हुँदै गर्दा शिक्षक कुँवरले आफ्नो बुबा र आमाको नाममा रु १ लाख १० हजार बराबरको अक्षयकोष राख्ने घोषणा गरे । 

    कार्यक्रमका देवदह नगरपालिका वडा नं १२ का अध्यक्ष डेग बहादुर सारुले सिक्टन माविमा वडा कार्यालयले पहिलेदेखि सहयोग गर्दै आएको बताए ।  विद्यालयले शिक्षक दुधनाथ कुंवरको योगदान सबै सम्झिने बताउंदै वडा अध्यक्ष सारुले उनी विद्यालयको मेरुदण्डका भएकोले विद्यालयलाई निरन्तर सुझाब सल्लाह प्रदान गर्न आग्रह गरे । 

    कार्यक्रममा रोहिणी -७, टिकहरस्थित सरस्वती आधारभुत विद्यालयका प्रधान्याध्यापक समेत रहेका शिक्षक कुँवरका भाई धनेश्वर कुवंरले विद्यालयमा  लागि १ लाख राशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । 

    सो अवसरमा विद्यालयका शिक्षक समसुलहक खांले समेत १० हजार अक्षयकोष थप गर्ने प्रतिबद्धता जनाए । 

    विदाई समारोहमा विद्यालयका प्रधानाध्यापक  दिनेश त्रीपाठी, सहायक प्रधानाध्यापक फुलप्रसाद पाण्डे, शिक्षकहरु रिता पराजुली, समसुलहक खां, सन्जय कुमार चौधरी, राम हर्क भहर,पशुपति यादव लगायतले शुभकामना बोलेका थिए । 

    विद्यालयका अध्यक्ष हेमराज कुँवरको अध्यक्षता रहेको विदाई कार्यक्रममा २८ जना शिक्षक र ४०० बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।