गुल्मी । गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ बर्षिय सागर रायमाझीको दुबै मृगौला फेल भएका छन् । सिराबहादुर र विष्णु रायमाझीका जेठो छोरा सागरको दुवै मृगौला फेल भएपछि विगत ८ महिनादेखि शिक्षण अस्पताल काठमाडौंमा उपचार भईरहेको छ । उनको तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको र खर्च धेरै लाग्ने भएपछि परिवारले सबैलाई सहयोगको याचना गरेको हो ।
अहिलेसम्म पनि थुप्रै खर्च लागेको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण सहयोग गरेर छोरा बचाइदिन बुवा सिरा बहादुर रायमाझीले आग्रह गरे । घरको आर्थिक अवस्था कमजोर भएकै कारण सानो उमेरमा विदेशीएका रायमाझी दुवै मृगौला फेल भएपछि अहिले उपचारका लागि अस्पतालको बेडमा छट्पट्याउँदै सहयोगको अपिल गरेका छन् ।
उनकी आमा विष्णु रायमाझीले घरको साहारा बनेको छोरा नै रोगसँग लडिरहँदा उपचारका लागि आर्थिक अभावमा तड्पिने अबस्था रहेको बताइन् ।
सहयोगको लागि सागरको आमा विष्णु रायमाझीको बैंक खाता विवरण बैक ग्लोवल आइएमई बैंक, खाता न ०७००७०१००११८३३ र सम्पर्क न ९८४७२३४७६३, ९८४७५७२१२३ रहेको परिवारले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology