राजेश पराजुली पोखरा । हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा मेला लाग्ने गर्दछ । आज बिहानैदेखि नदी किनारामा फूल तार्न र पूजा गर्न भक्तजनको मेला लागेको छ ।
टाढा टाढा देखी तोरणलाई सेती नदी वारपार टाग्नका लागि आउने गर्दछन् । चौमास बसेर तोण टाग्न आउदा भजनकृतन र बाजाँ सहित भक्तजनहरु आउने गर्दछन् ।
हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।
असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी शुरु भै कात्तिक शुक्ल एकादशी सम्म चौमास बसेर पुजान गर्ने गरिन्छ । हिन्दु धर्मग्रन्थमा तुलशी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology