Logo

२०८३, कार्तिक २७गते


images
images

पूर्णबहादुरको ‘सारङ्गी’ संग डरायो सुर्या र बबीको ‘कंगुवा’

पूर्णबहादुरको ‘सारङ्गी’ संग डरायो सुर्या र बबीको ‘कंगुवा’

images
  • पूर्णबहादुरको ‘सारङ्गी’ संग डरायो सुर्या र बबीको ‘कंगुवा’
    images

    काठमाडौं । सूर्या र बबी देओल स्टारर प्रतीक्षित भारतीय फिल्म ‘कंगुवा’ शुक्रबार नेपालमा रिलिज नहुने पक्का भएको छ । यो फिल्म नेपालमा ल्याउन कसरत गरिरहेको वितरण कम्पनी ए–एट्ले हललाई पठाएको सन्देशमा यो कुरा उल्लेख छ ।

    images
    images
    images

    यो फिल्मलाई ए–एट्, डीसीएन र आरआर फिल्म्सले मिलेर ल्याउन लागेका थिए । स्वदेशमै नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले ब्लकबस्टर कमाइ गरिरहँदा एक्सन प्रधान ‘कंगुवा’ नआउने भएपछि अवश्य पनि नेपाली फिल्मका लागि राहतको खबर हुनसक्छ ।

    images
    images
    images

    अहिले देशभरका ४ सय ५० भन्दा धेरै शो ‘पूर्णबहादुरको सारङ्गी’को कब्जामा छन् । शुक्रबार प्रदर्शन हुन लागेको नीता ढुंगाना स्टारर ‘ह्रस्व दीर्घ’ले कम्तीमा डेढ सय शो प्राप्त गर्न सक्ने प्रक्षेपण गरिएको छ । नेपाली फिल्मले उत्कृष्ट कमाइ गरिरहँदा कंगुवा नआउँदा यसले नेपाली निर्मातालाई राहत दिनेछ ।

    images
    images

    स्रोतका अनुसार ‘कंगुवा’का भारतीय वितरकले यसको नेपाल राइट एक करोड २० लाख भारुमा बिक्री गर्न चाहेका थिए । एकातिर महंगो रकमको लगानी सुनिश्चितता, अर्कोतिर यसअघि ल्याइएका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ कै लगानी उठ्ने अन्योलता र ‘पूर्णबहादुरको सारंगी’को उछाल कमाइले ‘कंगुवा’ नआउने वातावरण सिर्जना गरेको अनुमान छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।