Logo

२०८३, आश्विन १०गते


images
images

ओष्टिल कप सिरिज : दोस्रो खेलमा वडा नं ६ विजयी

ओष्टिल कप सिरिज : दोस्रो खेलमा वडा नं ६ विजयी

images
  • ओष्टिल कप सिरिज : दोस्रो खेलमा वडा नं ६ विजयी
    images
    images

    देवदह । ओस्टील क्रिकेट कप २०८१ अन्तर्गत सोमवार आज सम्पन्न दोस्रो खेलमा वडा नं ६ ले जित हात पारेको छ । टि ट्वान्टी फर्मेटमा संचालित ३ म्याचको सिरिज अन्तर्गत दोस्रो खेलमा वडा नं ६ ले जित हात पारेसँगै खेल थप रोमाञ्चक बनेको छ । पहिलो खेलमा ३ विकेटको पराजय व्यवहोरेको वडा नं ६ ले आफुलाई उत्कृष्ट कमब्याक गर्दै सोमबारको खेलमा ३७ रनको सहज जित हात पा¥यो । 

    images
    images
    images

    टस जितेर वडा नं ८ ले वलिङ्ग गर्ने निधो गरेपछि ब्याटिङ्गमा उत्रिएको वडा नं ६ ले अर्जुन रायमाझिको ४३, हिमांशु चापागाईको २४, कृतिमान ढकालको १७ तथा अमृत क्षेत्रीको १३ रनको मद्धतले ११५ रनको योगफल तयार पा¥यो ।

    images
    images
    images

    वडा नं ८ को लागि दिपक भण्डारीले ३ विकेट, प्रकाश भण्डारीले २, सन्दिप गैरेले २ तथा संकेत भट्टराई र सुवास भण्डारीले एक÷एक विकेट हात पारे । 
    जवाफमा ११६ रनको लक्ष्य सहित मैदानमा उत्रिएको वडा नं ८ ले १६ ओभरमा आफ्ना सवै खेलाडीलाई पेभेलियन फर्काउँदै ७८ रनमा समेटिन पुग्यो । वडा नं ८ लाई सस्तैमा समेट्न वडा नं ६ का प्रेम भुर्तेलले ४, अर्जुन रायमाझि र अजय मल्ल ले समान २÷२ विकेट र कमल जैसीले १ विकेट लिए । खेलमा अर्जुन रायमाझी म्यान अफ दि म्याच घोषित भएको एम्पाएर पारस न्यौपानेले जानकारी दिए ।   

    images
    images
    images

    दुवै टिमले एक÷एक खेल जितेकाले भोली बिहान हुने खेलले बिजेताको टुङ्गो लगाउनेछ ।  सिरिजको विजेताले ५ हजार नगद तथा ट्रफि प्राप्त गर्नेछ भने म्यान अफ दि सिरिजलाई नगद एक हजार प्रदान गरिने आयोजकले जनाएको छ । ओष्टिल क्याफे देवदह खैरेनीको प्रायोजनमा भएको प्रतियोगिता कार्तिक २८ गतेसम्म सञ्चालन हुने भनिए पनि मंगलबारनै समापन गर्न लागिएको संचालक भानुभक्त पंगेनीले जानकारी दिए । आगामी बर्ष समेत ओष्टिल कपलाई निरन्तरता दिईने  पंगेनीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओष्टिल कप सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।