बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बाग्लुङ बजार आउँदै गरेको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।
ग २ च ९२४७ ‘पिकअप भ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअप भ्यान’ मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको सुचना अधिकारी थापाले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology