काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पलाँता गाउँपालिका – ३ को राडुनेटामा कर्णाली प्रदेश क १ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको कालिकोटका प्रहरी निरीक्षक एवं सुचना अधिकारी गोविन्द चौधरीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नम्बर ६ बस्ने दशकला शाही,पदम बम,भगवती रोकाया,गणेश शाही रहेका छन् । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ५ बस्ने छाया शाही र वडा नम्बर ३ बस्ने दमन रोकायाको पनि मृत्यु भएको उनले बताए ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology