Logo

२०८३, आश्विन १०गते


images
images

क्रस कन्ट्री दौडको उपाधि चिनियाको पोल्टामा

क्रस कन्ट्री दौडको उपाधि चिनियाको पोल्टामा

images
  • क्रस कन्ट्री दौडको उपाधि चिनियाको पोल्टामा
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा भएको तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा व्यक्तिगतर्फ चिनियाँ धावक विजेता बनेका छन् । शनिबार भएको ५० किमी दौडमा व्यक्तिगतमा चीनका धावक एङज्याङ जेनले तीन घन्टा ४४ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै विजेता बने । यस्तै नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो बने ।

    images
    images
    images

    उनले तीन घन्टा ४८ मिनेट दुई सेकेन्डमा दुरी पूरा गरे । तेस्रो भएका नेपालकै होमलााल श्रेष्ठले तीन घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ गोपाल तामाङले तीन घन्टा ५५ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरी चौथो भए भने चार घन्टा ४६ सेकेन्डमा दुरी पार गरेका तिलक सुनार पाँचौँ भए । यता, महिलातर्फ चिनियाँ धावक झेङवाङ रोङ विजेता बनिन् । उनले उक्त दौड चार घन्टा ४१ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । यस्तै नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन् ।

    images
    images
    images

    उनले चार घन्टा ५० मिनेटमा दुरी पार गरिन् । महिलातर्फ पाँच घण्टा आठ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी राममाया बुढा तेस्रो, लाक्पा निङमा शेपाले पाँच घन्टा २५ मिनेट २५ सेकेन्डमा दौड पूरा गरी चौथो र मिनु बुढाले पाँच घन्टा ३० मिनेट ३९ सेकेन्डमा दौड पार गरी पाँचौ भइन् । व्यक्तिगत दौडतर्फ पुरुष तथा महिला दुबैले एक लाख ५२ हजार आठ सय, उपबिजेता दुबैले एक लाख १४ हजार छ सय, तृतीय हुने दुबै तर्फकाले ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

    images
    images
    images

    यस्तै टिम इभेन्टमा भने नेपाली खेलाडी विजेता बनेका छन् । नेपाली टिम सुशिल शाही, सिर्जना पौडल र श्रीकश राई सम्मिलित टिमले चार घन्टा २० मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर च्याम्पियन बने । यस्तै करन रावत, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिमले चार घन्टा २२ मिनेट २९ सेकेन्डमा दुरी पूरा गरेर दोस्रो भए । उनीहरु सबै नेपाल आर्मीका धावक हुन् ।

    यस्तै पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो भए । उनीहरुले चार घन्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको टेक्निकल टिमका हरिबहादुर बरुवालले जानकारी दिए । उनीहरु एपीएफ क्लबका धावक हुन् । यसैगरी चार घन्टा २८ मिनेट २६ सेकेन्ड दुरी पार गर्दै विशाल राई, रमेश लिम्बु र इन्द्रकला राइको टोली चौथो, पूर्ण लक्ष्मी राई, खड्गबहादुर खड्का र राजन रोकायाको टोलीले पाचाैँ भएको छ ।

    टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार चार सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार आठ सय रुपैयाँ, तृतीयले दुई लाख २९ हजार दुई सय रुपैयाँ, चौथोले एक लाख ५२ हजार आठ सय रुपैयाँ र पाचौंले ९५ हजार पाँच सय रुपंयाँसहित मेडल र प्रमाण पत्र प्राप्त हात पारे ।

    प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार टिम तथा च्यालेन्ज व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ र चीनका २९ जना सहभागी थिए । चिनियाँ ६४ धावकसहित एक हजार दुइ सय बढी धावक दौडमा सहभागी भएको मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रस कन्ट्री दौड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।