Logo

२०८३, कार्तिक २७गते


images
images

पाल्पाका किसानले यो वर्ष ६ करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री

पाल्पाका किसानले यो वर्ष ६ करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री

images
  • पाल्पाका किसानले यो वर्ष ६ करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री
    images

    राजेश पराजुली, पोखरा । पाल्पाका किसानले यो वर्ष ६करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री गरेका छन । पाल्पा रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका हुन ।

    images
    images
    images

    अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्ष अघिदेखि रिव्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउराली लगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो ।

    images
    images
    images

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

    images
    images

    गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो । उनले भने , “यस वर्ष ६ करोड बढी रुपियाँको खुर्सानी बिक्री भइसकेको छ ।’ यहाँका किसानले यो वर्ष प्रतिकिलो दुई सयदेखि पाँचसय रुपियाँसम्म खुर्सानी बिक्री गरेका छन् । किसानले उत्पादन गरेको अकबरे खुर्सानी बिक्रीका लागि पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ ।

    पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिक्री गर्दै आएको अध्यक्ष कार्कीले बताए । कार्कीका अनुसार अहिले रिव्दीकोटका किसानले प्रतिकिलो दुईसय रुपियाँदेखि पाँचसय रुपियाँसम्ममा अकबरे खुर्सानी बिक्री गरिरहेका छन् ।

    गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बीउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान उत्साहित बनेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती बिस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताए ।

    अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिव्दीकोट–३, का किसान लक्ष्मण अर्यालले बताए । उनले एक हजार पाँचसय बिरुवाबाट २० क्विन्टल अकबरे खुर्सानी बिक्री गरेको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पाका किसान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।