Logo

२०८३, कार्तिक २७गते


images
images

मानव तस्करीमा मुछिएका लिलाबल्लभ अधिकारी एमालेद्वारा निलम्बित

मानव तस्करीमा मुछिएका लिलाबल्लभ अधिकारी एमालेद्वारा निलम्बित

images
  • मानव तस्करीमा मुछिएका लिलाबल्लभ अधिकारी एमालेद्वारा निलम्बित
    images

    काठमाडौँ । नेकपा एमालेले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ ।

    images
    images
    images

    नेकपा एमाले कोशी प्रदेशले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई मानव तस्करी आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा नरहने गरी उनलाई निलम्बन गरिएको जानकारी गराएको हो ।

    images
    images
    images

    ‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी उहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको जानकारी गराइन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    साथै एमालेले उनीमाथि गम्भीर अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

    सरकारको स्वीकृती बिना जापान पुगेका मन्त्री अधिकारीसहित उनीसँगै गएका अन्य तीन जनालाई विमानस्थलबाटै फर्काइएको थियो। मानव तस्करीको आरोप लागेपछि कोशी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका अधिकारीले पदबाट राजीनामा दिएका थिए ।

    462541839_2410100976049102_4879717333899018521_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मानव तस्करी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।