काठमाडौं । ताप्लेजुङमा स्थानीयबीच दोहोरो झडप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।
दुवै पक्षको झडप रोक्न प्रहरीले बल प्रयोग गरेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुवै पक्षलाई शान्त पार्ने प्रयास जारी छ ।
केही स्थानीयलाई ढुंगा लागे पनि झडपमा कुनै ठूलो हताहती भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology