तनहुँ । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् ।
श्रेष्ठले बिहीवार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरो प्रहारबाट घाइते प्रतिक्षालाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
हत्याका अभियुक्त ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । घरायसी झगडाका कारण घटना भएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुमान छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology