Logo

२०८३, श्रावण २७गते


images
images

साधारण सभामा दिइने यातायात खर्चमा प्रतिबन्ध लगाउन देवदहका सहकारीहरु प्रतिबद्ध

साधारण सभामा दिइने यातायात खर्चमा प्रतिबन्ध लगाउन देवदहका सहकारीहरु प्रतिबद्ध

images
  • साधारण सभामा दिइने यातायात खर्चमा प्रतिबन्ध लगाउन देवदहका सहकारीहरु प्रतिबद्ध
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रभित्र मुख्य कार्यालय रहेका सहकारीहरुले साधारण सभामा दिइने यातायात खर्चमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् । बिहिबार पल्लवी बचत तथा ऋण सहकारी संस्थाको १३औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै सहभागी २४ वटा सहकारीका अध्यक्ष र प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएको पल्लवी साकोसका अध्यक्ष प्रमोद खनालले जानकारी दिए ।

    images
    images
    images

    "सहकारीका साधारणसभाहरु शेयर सदस्यहरुले यातायात वापतको खर्च बुझ्ने कार्यक्रममा सिमित भएकोमा सहकारी अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।" अध्यक्ष खनालले भने,  "यातायात खर्चमा प्रतिबन्ध लगाइयो भने सहकारीमा देखिएका समस्या, आफ्नो संस्थाले गरेका राम्रा र सुधार गर्नुपर्ने विषयको छलफलमा साधारण सभा केन्द्रित हुने र त्यसले सहकारीका पदाधिकारी र कर्मचारीलाई थप जिम्मेवार बनाउनेछ ।"

    images
    images
    images

    'सहकारीमा अवसर र चुनौती' विषयक अन्तरक्रियाका सहभागीहरुले ऋण असुलीका लागि स्थानीय सरकार, सहकारी संस्था र सरोकारवाला बीच छलफल गरि कालोसूचीको प्रावधानलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images

    सहकारीहरूलाई आवश्यकताका आधारमा एकीकरण गर्दै जानुपर्ने निष्कर्ष समेत अन्तरक्रियामा निकालिएको आयोजकले जनाएको छ । 
     
    अन्तरक्रियामा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले सहकारीहरूले घोषित उद्धेश्य अनुरुप काम गर्नुपर्नेमा जोड दिए । "सहकारीले उत्पादनको क्षेत्रमा काम गर्न जरुरी छ, आफ्ना शेयर सदस्यलाई स्वरोजगार बनाउने, उनीहरुलाई आर्थिक रुपमा समृद्ध बनाउने मुख्य दायित्वबाट सहकारी भाग्न मिल्दैन ।" प्रमुख खरेलले भने, "त्यसको लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्दै आएको छ र गर्छ ।"

    ऋण लगानी र असुली सम्बन्धित सहकारीकै काम भएको उल्लेख गर्दै उनले नगरपालिकाले सूचना प्रवाह र सचेतनाका कार्यक्रम मार्फत सहयोग गर्न सक्ने भएपनि अन्य कार्वाही गर्न सक्ने कानुनी व्यवस्था हालसम्म नभएको बताए ।

    कार्यक्रममा सहकारी महासंघ संचालक तथा जिल्ला उपाध्यक्ष टिका न्यौपाने, नगरपालिकाका सहकारी शाखा प्रमुख गंगा पन्थी, जिल्ला सहकारी संघका शुभकान्त न्यौपाने, मोतिलाल ढकाल, देवदह सहकारी संजालका अध्यक्ष जागेश्वरी पंगेनी लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदहका सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।