नवीन लुइँटेल, दाउन्ने । पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत पर्ने दुम्किबासको दाउन्नेमा पहिरो खसेको कारण सडक बाटो अवरुद्ध भएको छ।
रातीदेखि आएको निरन्तर बर्षाको कारण आज बिहान सवा ५ बजे तिर पहिलो खसेको इलाका प्रहरी कार्यलय पश्चिम् नवलपरासीले जनाएको छ।
पहिरो कारण यात्रु र सवारी चालक समस्यामा परेका छन । अहिले पानी परेको कारण बाटो खुलाउन नसकेको र पानी कम हुँदा साथ बाटोको पहिरो पन्छाएर बाटो खोल्ने तयारी प्रशासनले गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology