Logo

२०८३, कार्तिक २७गते


images
images

स्थापना दिवसमा पल्लवीद्वारा वक्तृत्वकला, भोलि रक्तदान कार्यक्रम हुने

स्थापना दिवसमा पल्लवीद्वारा वक्तृत्वकला, भोलि रक्तदान कार्यक्रम हुने

images
  • स्थापना दिवसमा पल्लवीद्वारा वक्तृत्वकला, भोलि रक्तदान कार्यक्रम हुने
    images

    देवदह । पल्लवी वचत तथा ऋण सहकारी संस्था देवदहले १३ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘आर्थिक विकासमा सहकारीको भुमिका’ शिर्षकमा गरिएको प्रतियोगितामा देवदह बुद्धपब्लिक ईङ्गलिस बोर्डिङ्ग हाइस्कूलका दिक्षा केसी प्रथम र देवदह माविका रेवीका नेपालीले द्धितिय स्थान हासील गरेका छन् । त्यसैगरी देवदह ईङ्गलिस बोर्डिङ्ग हाइस्कूलका शिखर पाण्डेले तृतिय तथा न्यू लुम्विनी ईङ्गलिस बोर्डिङ्ग स्कुलका खुसी घर्तिले सान्त्वना स्थान हासिल गरे । 

    images
    images
    images

    देवदहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयका ११ जना छात्रछात्रको सहभागिता रहेको प्रतियोगितामा चन्द्रकान्त पराजुली, गोपिकृष्ण भण्डारी र कविता पन्थीले निर्णाएकको भुमिका निर्वाह गरेका थिए । 
    प्रतियोगिता समापनको अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले चाडपर्वको वावजुत विद्यार्थीहरुले छोटो समयमा सहकारीको विषयमा गरेको प्रस्तुतीको प्रशंसा गरिन् । उनले भनिन्, ‘अवका विद्यार्थीहरु कुनैपनि विषयवस्तुमा आवश्यक परेको वेला तत्काल बोल्न र आफ्नो धारणा दिन सक्ने हुनुपर्छ । घोकेर तयार गर्ने विषयवस्तु भन्दा विद्यार्थीहरुलाई व्यवहारीक शिक्षाको आवश्यकता छ ।’ शिक्षकहरुले समेत विद्यार्थीलाई सोही अनुरुप प्रस्तुत हुनका लागि सहयोग र हौसला प्रदान गर्न उनले कार्यक्रमको अवसरमा सुझाव दिइन् ।
     
    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खुमप्रसाद भण्डारी, शिक्षक लक्ष्मण न्यौपाने, माधव आचार्य लगाएतले बोल्दै प्रतियोगिताले सहकारी शिक्षाको बारेमा आफुले बोल्ने विषयवस्तु खोज्ने क्रममा विद्यार्थीहरुलाई सिकाइ भएको बताए । संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षता, कार्यक्रम संयोजक जगनाथ अधिकारीको स्वागत र व्यवस्थापक केशव आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images

    यसैविच सामाजिक उत्तरदायित्व सहितका विभिन्न कार्यक्रम गरेर आफ्नो १३ औं स्थापना दिवस समारोह गरिरहेको पल्लवी साकोसको आयोजनामा भोली विहिवार बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । देवदह ७ सितलनगर स्थित अपाङ्ग सेवा समाजको सभाहलमा कार्यक्रम हुने संस्थाका बरिष्ठ सहायक सुवास पाण्डेले जनाएका छन् । विहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा देवदहका एक दर्जन बढि संघ संस्थाले सहकार्य गरेको पाण्डेले बताए । 

    images
    images

    यसअघि पनि स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले २ पटक सम्म १०० पिन्ट भन्दा बढि रगत संकलन गरेर नेपाल रेडक्रस सोसाईटीद्धारा प्रदान गरीने उत्कृष्ट रक्त संङ्कलक संस्थाको रुपमा सम्मानित समेत  भएको सहकारीका उपाध्यक्ष एवम् पल्लवी रक्तदाता ब्लवका संयोजक कृष्णप्रसाद गैरेले बताए । 

    स्थापना दिवसकै अवसर पारेर विहिबारनै संस्थाले ‘वर्तमान अवस्थामा सहकारीका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । देवदहमा रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधि र सरोकारवाला निकायको विचमा सो अन्तरक्रिया कार्यक्रम हुने संस्थाका अध्यक्ष खनालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।