Logo

२०८३, श्रावण २७गते


images
images

सहकारीमा कानुनी सुधार : सरकारले बनायो कार्यदल

सहकारीमा कानुनी सुधार : सरकारले बनायो कार्यदल

images
  • सहकारीमा कानुनी सुधार : सरकारले बनायो कार्यदल
    images
    images

    काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, २०८१ ले औंल्याएका कानुनी सुधारका काम अगाडि बढाउन कार्यदल गठन गरेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिवको नेतृत्वमा पाँच सदस्य रहने कार्यदल गठन गरिएको हो । ३० दिनभित्र कार्यदललाई कानुनी सुधार मस्यौदा सहित प्रतिवेदन पेस गर्ने कार्यादेश तोकिएको प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    images
    images
    images

    समिति सदस्यमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव, नेपाल राष्ट्र बैंकको वित्तीय सुपरीवेक्षण तथा नियमन क्षेत्र हेर्ने निर्देशक र सहकारी विभागको रजिस्ट्रार एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नमराज घिमिरे सदस्यसचिव छन् ।

    images
    images
    images

    यस्तै सहकारी संस्थाहरूको छुट्टै नियमनकारी निकाय गठन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तत्काल आवश्यक कारबाही अगाडि बढाउने निर्णय पनि सरकारले गरेको छ ।


    सहकारी ऐन २०७४ अनुसार कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्न सहकारी मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी कोष स्थापनाका कार्य तत्काल टुङ्ग्याउने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी
  • # कानुनी सुधार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।