Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय जातका गाई संरक्षण गर्न १ करोडको कोष

स्थानीय जातका गाई संरक्षण गर्न १ करोडको कोष

images
  • स्थानीय जातका गाई संरक्षण गर्न १ करोडको कोष
    images
    images

    राजेश पराजुली, चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु १ करोड १ लाखको अक्षयकोष स्थापना भएको छ ।

    images
    images
    images

    केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए । अक्षयकोषका लागि रु ११ हजार १ सयको आजीवन सदस्य र रु १ लाख १ हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र ३ सय २५ जना आजीवन सदस्य छन् ।

    images
    images
    images

    विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उनले बताए । गौँ संरक्षण केन्द्रले २ सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो ।

    images
    images
    images

    केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए । दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् ।

    योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना भएको हो । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाई संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।