काठमाडौं । भ्लगर रतन कार्कीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ । युट्युब तथा सामाजिक सञ्जालमा सक्रिय कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।
दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले उछृङ्खल अभिवयक्ति दिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
उनी अहिले विद्यार्थी भिसामा जापानमा रहेको बताइन्छ । उछृङ्खल अभिव्यक्ति दिएर समाज नै भड्काउने र अराजकता मच्चाउने काम गरेको भन्दै कार्कीविरुद्ध ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।
साइबर ब्यूरोका एक अधिकराीले भने, उहाँको अभिव्यक्तिविरुद्ध हामीले अनुसन्धान अघि बढाएका छौं । यस्ता अभिव्यक्ति दिनेलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्न सक्छौं’ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology