पोखरा । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
बसमा कम्तीमा पनि ४५ जना यात्रु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस दुर्घटनामा सात जना घाइते भएको र उनीहरूलाई नजिकको अस्पताल पठाइएको स्थानीय अधिकारीहरूलाई जनाउँदै इन्डिया टुडेले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको थियो । मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो ।
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली खटाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् । पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology