Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज भदौ १८ गते शुक्रबार, श्री माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज भदौ १८ गते शुक्रबार, श्री माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज भदौ १८ गते शुक्रबार, श्री माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ भदौ १८ गते शुक्रबार । तदनुसार ३ सेप्टेम्बर २०२१ । श्री माता लक्ष्मीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    आजको पंचाङ्ग : 

    images
    images
    images

    वि.सं. भदौ १८, २०७८ । ई.सं. 03 Sep, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलागा । दक्षिणायन । वर्षा । शुक्रवार । भाद्र कृष्णपक्ष । तिथि - द्वादशी , ३०:२७ बजे उप्रान्त त्रयोदशी । नक्षत्र - पुनर्वशु , १५:५३ बजे उप्रान्त तिष्य । योग - व्यतीपात , १०:२९ बजे उप्रान्त वरियान् । करण - कौलव १८:०१ बजेदेखि तैतिल , ३०:२७ बजे उप्रान्त वणिज । चन्द्रराशि - मिथुन । आनन्दादि योग - लुम्ब । दिनमान ३१।३२ । सूर्योदय ५:४४ । सूर्यास्त १८:२१ । बैष्णवहरुको अजा एकादशीव्रत । 

    images
    images
    images

    आजको राशिफल 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    प्रियजन संग बिछोड ।  शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।