काठमाडौं । हङकङ सिक्सेस प्रतियोगिताको क्वार्टरफाइनलमा शनिबार नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।
जीतका लागि १ सय २४ रन पाएको नेपालले ५ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए । उनले १८ बलमा १ चौका र ८ छक्का प्रहार गरे।
नारायण जोशीले १३ रन बनाए भने लोकेश बमले ६ रन जोडे । विवेक यादवले ५३ रनको योगदान दिए ।
श्रीलंकाका लागि लिहिरु समाराकुन र थारिन्डु रथनायाकेले २-२ विकेट लिए । लिहुरु मधुशंका र धनञ्जय लक्सनले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । टोलीका लागि सदुन विराकोडीले १४ बलमा सर्वाधिक ५० रन बनाए। उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology