Logo

२०८३, कार्तिक २७गते


images
images

हात्तीकाे आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

हात्तीकाे आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

images
  • हात्तीकाे आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु
    images

    रौतहट । जंगली हात्तीको आक्रमणमा परी फतुवा–विजयपुर नगरपालिका–११, बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    प्रहरी निरीक्षक अधिकारीका अनुसार जंगली हात्तीले बिहान एक्कासिआक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र घर पूर्ण रूपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्‍याएको छ ।

    images
    images
    images

    घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन वन कार्यालय र सशस्त्र बेस क्याम्प विजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि हाल थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हात्तीकाे आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।