राजेश पराजुली, पोखरा । तिहारको अवसरमा पोखराका विभिन्न चोक चोकमा देउसी भैलोको रौनक देखिएको छ ।
बालबालिकादेखि पाका उमेर समूहका टोलीहरु पोखराको हरिचोक, ट्याक्सीचोक, जिरो, लखनचोक, दीप, छोरेपाटन, अमरसिंहचोक लगायतका क्षेत्रमा मौलिक तथा आधुनिक किसिमबाट देउसी भैलो खेलिरहेका छन् ।
कतै ठुला, कर्कश आवाजमा भड्किलो पाराले देउसी खेलिरहेका छन् भने, कतै मौलिक रुपमा मादल, पञ्जेबाजा बजाएर देउसी खेलिरहेका छन् ।
पोखरा क्षेत्रमा भाइटिकाको दोस्रो दिनसम्म देउसी खेल्ने प्रचलन भएपनि बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने गरिन्छ ।
पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढ्दै जाने प्रष्ट देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology