Logo

२०८३, श्रावण २७गते


images
images

सियारीमा बाध्यबादन तालिम

सियारीमा बाध्यबादन तालिम

images
  • सियारीमा बाध्यबादन तालिम
    images
    images

    देवदह । रुपन्देहीको सियारी गाउँपालिकामा बाध्यबादन तालिम दिइएको छ । पालिकाको वडा नं ४ र ५  का ३१ महिला र ११ जना पुरुषलाई एक हप्ते तालिम दिइएको तालिम प्रदायक संस्था द‌यानगर सामुदायिक सिकाई केन्द्रले जनाएको छ । 

    images
    images
    images

    कार्तिक ८ गतेदेखि १४ गतेसम्म संचालित तालिममा विद्यार्थी, शिक्षक, आमा समूह, सि.एल.सी. समूह र नवसाक्षर महिलाहरु सहभागी भएको केन्द्रका अध्यक्ष गायत्री न्यौपानेले जानकारी दिइन् । 

    images
    images
    images

    तालिकामा सन्देश सापकोटा, बुद्धिबहादुर सिलवाल र लोकनाथ जैसीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए ।  तालिमबाट विवाह, तिजगीत कार्यक्रम, पुजा, भजन आदिमा मादल बजाउन सक्ने भएको सहभागीले बताए । 

    images
    images
    images

    बुधबार तालिमको एक कार्यक्रम बीच समापन गरिएको छ । लिग्जा कलेजको प्राङ्गणमा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे,  ४ नं. वडा अध्यक्ष श्रीराम यादव, ५ नं. वडा का अध्यक्ष धनपति खरेल, विरेन्द्र माविका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरी,  संस्थाका परिचालक दुर्गा तिवारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाध्यबादन तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।