देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।
लिग चरणका खेलहरु सम्पन्न भएसँगै वडा नं ६, १०, ८ र २ सेमिफाईनल प्रवेश गरेका छन् । भोली बुधवार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाईनलमा बुधवार वडा नं ८ ले वडा नं २ को सामना गर्नेछ ।
यस्तै दोस्रो सेमिफाईनलमा वडा नं ६ र वडा नं १० विच प्रतिष्पर्धा हुनेछ । पहिलो सेमिफाईनल खेल बिहान १० बजे र दोस्रो खेल दिउसो २ बजे सुरु हुनेछ । दुवै खेल देवदह क्रिकेट युनिटको खेल मैदानमा हुने खेल संयोजक प्रकाश भण्डारीले बताए ।
प्रतियोगिता अन्तर्गत आज ३ वटा खेलहरु सम्पन्न भएका छन् पहिलो खेलमा वडा नं २ ले वडा ५ लाई ७ विकेटले पराजीत गरेको छ । टस जितेर पहिले बलिङ्ग रोजेको वडा नं २ ले सागर पोखरेलको ४, जितेन्द्र बानीयाँको ३ तथा रमेश राकस्कोटीको १ विकेटको मद्धतले वडा नं ५ लाई ४५ रनमा अल आउट ग¥यो । वडा नं ५ को लागि गोपाल भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंङ्क जोड्न सकेनन् । वडा नं २ को जितको लागि रमेश राकस्कोटीले २८ तथा नारायण शर्माले १२ रनको योगदान गरे । वडा नं ५ को लागि सुमन गुरुङ्गले ३ विकेट लिएपनि त्यो जितको लागि प्रयाप्त बनेन । खेलमा सागर पोखरेल म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी आजको दोश्रो खेलमा वडा नं १२ विजयी भएको छ । टस जितेर वडा नं ७ वि ले दिएको ब्याटिङ्गको निम्तोलाई सहज स्वीकार्दै वडा नं १२ ले सोनु सहानीको २९, प्रविन सहानीको १७ तथा महेश मल्लाहको १० रनको सहयोगमा १३१ रनको योगफल तयार पा¥यो ।
वडा नं ७ वि का मनिष क्षेत्रीले ३ तथा समर थापा, रोहित कुँवर र राजन पराजुलीले समान १, १ विकेट लिए । १३२ रनको लक्ष्य सहित मैदन प्रवेश गरेको वडा नं ७ वि ४९ रनमा अल आउट हुन पुग्यो । वडा नं ७ को लागि राजन पराजुलीले ११ र विनय कार्कीले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । वडा नं १२ को लागि प्रविन सहानीले ४, सोनु सहानीले ३ तथा राजेन्द्र यादव र पि के कुर्मीले १÷१ विकेट लिए । खेलमा प्रविन सहानी म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै आज सम्पन्न तेस्रो खेलमा वडा नं ८ ले वडा नं ४ विरुद्ध जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको वडा नं ८ ले सन्दिप गैरे, दिपक भण्डारी र सङ्केत भट्टराईको १४ तथा प्रकाश भण्डारीको १३ रनको मद्धतले ९० रनको योगफल तयार पा¥यो । वडा नं ४ का लागि राजन तिवारी, नविन पाण्डे सन्दिप अर्याल र नविन पंङ्गेनीले समान २÷२ विकेट लिए । जवाफी ब्याटिङ्गमा उत्रिएको वडा नं ४ बाट राजन तिवारीले ब्यक्तिगत खातामा २८ रन जोड्न बाहेक अन्य खेलाडी चल्न सकेनन् ।
वडा नं ८ को लागि आशिष पाण्डे र संंकेत भट्टराईले समान ३ विकेट, दिपक भण्डारीले २ तथा सुवास भण्डारी र प्रकाश भण्डारीले समान १÷१ विकेट लिए । खेलमा सङ्केत भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
मंगलवार ४ वटा खेल हुने भनिएपनि वडा नं ११ अनुपस्थित भएपछि वडा नं ७ ए स्वतः विजयी भएको छ । आफ्नो अन्तिम खेलमा जित हात पारेपनि वडा नं ७ ए सेमिफाइनल प्रवेश गर्नबाट भने चुक्यो ।
देवदह नगरका विभिन्न वडा बाट १२ टिम सहभागि प्रतियोगितामा प्रथम हुनेले ३० हजार तथा फस्ट रनर अपले १५ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट ब्याट्समेन र बलरलाई समेत पुरस्कृत गरिने छ । कार्तिक ०९ गतेबाट सुरु भएको प्रतियोगिता कार्तिक १५ गते समापन हुने अध्यक्ष अजय थापाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology