देवदह । सुनवल -७ अस्नैयामा अवस्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ् स्कुलले तिहार विशेष जनचेतनामुलक गीत सार्वजनिक गरेको छ । गीतमा विद्यालयका शिक्षक लक्ष्मी गोर्खालीले स्वर दिएकी छन् छ भने शिक्षक सुरज खातीले संगीत भरेका छन् ।
विद्यालयमै छायाङ्कन गरिएको गीतमा शिक्षक विद्यार्थीहरूले अभिनय गरेका छन् ।
विद्यालयले हरितालिका तीजमा पनि जनचेतना मुलक गीत सार्वजनिक गरेको थियो ।
विद्यालयका शिक्षक विद्यार्थीको अथक मेहनत र उनीहरूको कला कै कारण यो सहज भएको विद्यालयका प्राचार्य नेत्र रिजालले बताए । उनले भने,"टिमवर्ककै कारण हामी सृजनशील र अतिरिक्त क्रियाकलापमा अब्बल छौं । शिक्षक-विद्यार्थी-अभिभावक र सम्पूर्ण टिमप्रति म आभारी छु ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology