Logo

२०८३, कार्तिक २७गते


images
images

पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

images
  • पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
    images

    बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

    images
    images
    images

    बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले  ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो । 

    images
    images
    images

    मृत्यु हुनेमा लु १ ख ९३५१ नम्बरको ट्रक चालक पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए । 

    images
    images

    घटनामा ना १ क  ७१२९ नम्बरका ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका-१० बस्ने २१ वर्षीय सज्जित खवास थापा घाइते भएका छन् । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुईवटा ट्रक ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।