Logo

२०८३, कार्तिक २७गते


images
images

गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसंघीय प्रमुख

गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसंघीय प्रमुख

images
  • गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसंघीय प्रमुख
    images

    संयुक्त राष्ट्रसंघ । गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ‘स्तब्ध’ भएको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    images
    images
    images

    उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन् भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् । 

    images
    images

    गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानुनको बर्खिलापमा जारी रहेको गुटेरेसले बताएका छन् । 

    उनले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपंक्तिमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताएका छन् ।  

    गुटेरेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना सर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गरेका छान् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघीय प्रमुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।