Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिप

‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा

‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा

images
  • ‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा
    images
    images

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    images
    images
    images

    निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १–१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।

    images
    images
    images

    त्यसअघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टा भन्दा बढी समय अवरुद्ध बनेको थियो ।

    images
    images
    images

    त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशकाे सामना गर्ने छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।