Logo

२०८३, कार्तिक २७गते


images
images

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ

images
  • सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ
    प्रतिकात्मक तस्बिर
    images

    काठमाडौं । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

    images
    images
    images

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो । उनी रवि लामिछाने र छविलाल जोशीसँगै गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

    images
    images
    images

    सीआईबीका प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीका अनुसार खनाललाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको बोगटीले बताएका छन् ।

    images
    images

    सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

    सूर्यदर्शन सहकारीमा ठगिएकामध्ये कृष्णप्रसाद जैसीसमेतको जाहेरीमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको थियो।

    उनीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान जारी छ । जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि अनुसन्धानका क्रममा एक महिनादेखि कास्कीमै हिरासतमा छन् ।

    ramchandra-khanal-arrested.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।